टेलिकमको अटम अफर, ५५ रुपैयाँमै ३ दिनको लागि अनलिमिटेड युट्युव र अनलिमिटेड फेसबुक

बुधबार, २८ असोज, २०७७

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । 

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा अनलिमिटेड युट्युव र अनलिमिटेड फेसबुक प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ ।

यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक समेत खरिद गर्न सकिनेछ ।   

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ । 

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् । 

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ ।

यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुनेछ ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *