सेवाग्राहीको गुनासो सुन्न टोल फ्री नम्बर राख्दै वर्ल्डलिंक

मंगलबार, ३० भदौ, २०७७

‍नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर राख्ने भएको छ । 

कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले टोल फ्री नम्बर राख्न लागेको जानकारी दिएका हुन् ।  

टोल फ्री नम्बरको लागि नेपाल टेलिकमबाट नम्बर लिन प्रक्रिया अगाडी बढेको उनले बताए । केही समय अगाडी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको थियो । 
 
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *