विराटनगरमा रिक्साबाट यात्रा गर्दा अब नगद बोक्नु नपर्ने

बुधबार, २५ चैत, २०७७

 विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । सनराइज बैंकले विराटनगरको टेम्पो/ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो ।

विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ बैंकले प्रथम चरणमा ७० वटा टेम्पो/ई–रिक्सामा क्यूआर वितरण गरेको छ ।

टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् । 
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *