आइसिटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण गर्दै सरकार

आइतबार, २२ चैत, २०७७

सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो । 

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ । 

उक्त दिवसको अवसरमा नेपालमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ५ विधामा पुरस्कार वितरण गरिने सरकारले जनाएको छ । 

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारामको ढाँचा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । 

आगामी बैशाख ४ गतेभित्र आवेदन फाराम भर्न सकिने छ । आवेदन फाराम ictaward@mocit.gov.np इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ । 


 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *