टि १० मा करणको डेब्यू

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे वारियर्सबाट डेब्यू गर्ने भएका छन् ।

करणले पुणेको पहिलो खेलमै डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू गर्ने भएका हुन् । करणको टोली पुणेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । करण टोलीको प्लेइङ ११ मा छन् ।
नेपाली टोलीका अर्का अर्का अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् सोमपालको टोलीले अव शनिबार दिल्ली बुल्ससँग खेल्ने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *