रत्नजितलाई हराउँदै प्रिन्स फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल र दीपेश धामीले गोलबजारमा जारी योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सिल्क ग्रुपका प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित र दीपेशले पनि आर्मीकै प्रफुल महर्जनलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।प्रतिस्पर्धात्मक सेमिफाइलमा प्रिन्सले रत्नजितलाई २१–१४, १५–२१, २१–१ ले हराएका थिए ।
रत्नमाथि प्रिन्सको यो लगातार दोस्रो जित हो । लगातार आठ पटकका विजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन् । यस अघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशीको प्रतियोगितामा पनि पराजित गरेका थिए । प्रिन्स शुक्रबार मात्रै विश्व जुनियर वरियताको तेस्रो स्थानमा उक्लेका थिए । दोस्रो वरियताका दीपेशले प्रफुललाई २१–१२, १८–२१, २१–१२ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ वरियताको स्पर्धामा जेसिका गुरुङ र रसिला महर्जनबीच उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
एपिएफकी जेसिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्शल देवी तामाङलाई २१–१३, २१–१५ ले पराजित गरेकी थिइन् । नङ्शल रत्नजितकी दिदी हुन् । राष्ट्रिय च्याम्पियन आर्मीकी रसिलाले आफ्नै क्लबकी अमिता गिरीलाई २१–६, १८–२१, २१–१२ ले हराएकी थिइन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *