एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराउदै युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।
शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ । पराजित बर्नले १६ अंकसहित १६औं स्थानमा छ ।