सुवास वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन् ।
तामाङले सागमा एक र टिममा गरी दुई स्वर्ण जितेका थिए । अन्य खेलाडीले कीर्तिमानसहित समान १ स्वर्ण जित्न सफल भएका थिए । उनले ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।सुवासले सागमा व्यक्तिगत र टिममा स्वर्ण जितेका थिए ।
यस्तै आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी) मिलेर स्वर्ण जित्दा फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पिय र सूर्य नेपाल प्रिमियरमा समग्र च्याम्पियन बनेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *