काठमाडौं (हाम्रो खेलकुद)– पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् । ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन्।
नेपालमा गतवर्ष भएको एसियाली ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए ।
२१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि खाडी मूलुक कतार पुगेका दिगम अर्को वर्ष एउटा भयंकर सडक दुर्घटनामा परका थिए । ११ महिनाको लामो अस्पताल बसाई पछि उनी स्वदेश फर्केका थिए ।
२०६६ सालमा नेपाल फर्किदा उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेको बताएका छन् । अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खबर उनले सुने । त्यस अवसर उनको जीवन बदलियो । त्यसमा उनले स्वर्ण पदक जिते। त्यसपछि उनको खेल जीवन अघि बढ्यो ।