राष्ट्रिय टोलीका पूर्व गोलकिपर शाहीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । शाहीकी छोरी करुणालाई उद्धत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जिव मिश्रले दिएको जानकारी अनुसार आइतबार राती ९ः३० बजे पुर्र्खाैली घर दैलेखको चोरत्तामा उनको निधन भएको थियो ।

छोरीका सात एक साता अघि मात्रै उनी दैलेख गएका थिए । छोरीका अनुसार दैलेख जानु अघि चेकअप गराउँदै खासै समस्या नदेखिएको र तीन चार दिन यताबाट भने खानामा रुची कम भएको मिश्रले बताए । झन्डै एक महिना अघि भारतको दाजर्लिङ गएका बेला भने आफूसँग टेलिफोनमा कुराकानी भएको मिश्रले बताए ।
दक्षिण एसिायली खेलकुद साग (साग) का स्वर्ण पदक विजेता ६५ वर्षे शाहीको सोमबार दिउँसो दैलेखमै उनको अन्तिम संस्करण गरिने बताइएको छ । उनकी श्रीमती, २ छोरी र १ छोरा छन् । पहिलो श्रीमतीको भने क्यान्सका कारण यसअघि नै मृत्यु भएको थियो ।
सन् १९९४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए । उनले १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यस्तै उनले ७ वर्ष (१९९५ देखि २००२ सम्म) लामो समय एन्फाको महासचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । एन्फा बाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *