युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले लगातार तेस्रो जित निकाल्ने क्रममा सस्सुलोलाई पराजित गरेको छ । घरेलु मैदानमा युभेन्टसले १० खेलाडीमा समेटिएको सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको हो ।

आइतबार राति एलिएन्ज एरिना टोरिनोमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो ।
यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित सस्सुलो २९ अंकसहित सातौ स्थानमा छ । युभेन्टस एक खेल बढी खेलेको शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि छ । दोस्रो स्थानको इन्टर मिलानसँग ४ अंकले तथा तेस्रो स्थानको रोमासँग १ अंकले पछि छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *