काठमाडौं (हाम्रो खेलकुद)– सञ्जिव तुलाधरको संयोजकत्वमा वीर गणेशमा सिंह स्पोर्टस कमिटी गठन भएको छ ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा अक्षुण्ण राख्नका लागि विविधि खेलकुदका गवितविधि गर्ने उद्देश्यका साथ गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहने गरि स्पोर्टस् कमिटी गठन गरिएको बताइएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनआसी) का पूर्व सदस्य समेत रहेको तुलाधर संयोजक रहेको कमिटीको सह संयोजकमा एनओसीका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ सह संयोजक, पूर्व खेलाडी राजन खत्री सचिव रहेका छन् ।
त्यस्तै कमिटिीको सदस्यमा शैलेश कर्माचार्य, दिवाकर घले , सन्जिव मिश्र, सरोज कुमार मुल्मी, अष्ट काभे, सुनिल महर्जन र गजराज खड्का रहेका छन् । स्पोर्टस् कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह, श्रीराम लामीछाने र रुपक राजवंशी रहेका छन् ।
गणेशमान सिंहका पुत्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले कमिटीका पदाधिकारी र सदस्यलाई आइतबार मनोनयन पत्र प्रदान गरे । पूर्व उप प्रधानमन्त्री समेत रहेका सिंहले देशको खेलकुद विकासमा कमिटीको महत्वपूर्ण भूमिका रहने हुँदा सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । उनले कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई दिदै कार्यकालको सफलताको कामना व्यक्त गरे ।