रिचार्डसनको अलराउन्डरीय प्रदशनमा पर्थ स्कर्चर्स विजयी

बिग ब्यास लिग(बिबिएल)मा पर्थ स्कर्चर्सले लगातार चौथो जित निकालेको छ।शनिबार भएको खेलमा पर्थ स्कर्चर्सले सिड्नी थन्डर्सलाई १७ रनले पराजित गरेको हो।स्कर्चर्सले दिएको १८६ रनको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा अल आउट भयो।उसको लागि विकेटकिपर ब्याट्सम्यान सेम बिलिङ्सले ४८ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८३ रन जोडे।त्यस्तै बेन कटिङले ३१ र उस्मान ख्वाजाले २६ रन जोडे।बलिङमा स्कर्चर्सका झाए रिचार्डसनले ४,जेसन बेनड्रफ र एन्ड्र टायले २/२ तथा मिचेल मार्शले १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कर्चर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन जोडेको थियो।उसको लागि कोलिन मुनरोले ४१ बलमा १ चौका र ३ छक्कासहित ५० तथा कप्तान एस्टन टर्नरले १३ बलमा ३ चौका र २ छक्कासहित ३१ रन जोडे।त्यस्तै झाए रिचार्ड्सनले अविजित २०,जोश इङ्लिसले २०,आरोन हार्डीले अविजित १९,मिचेल मार्शले १५ र जेसन रोयले १४ रन जोडे।बलिङमा थन्डर्सका ब्रेन्डन डोगेटले ४ तथा नेथन म्याकएन्ड्रले समान १/१ विकेट लिए।जितपछी स्कर्चर्स ८ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ।थन्डर्स पराजित भएपनी ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ।Previous article१० नेपाली खेलाडी पिएसएल ड्राफ्टमाNext articleबिबि वारियर्सलाई कोहलपुर ओपन क्रीकेट प्रतियोगिताको उपाधि

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *