को बन्ला वर्षको उत्कृष्ट प्रशिक्षक?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षकका लागि पाँचा जनाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

वर्ष उत्कृष्ट प्रशिक्षककको मनोनयनमा उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् । यि पाँच मध्येबाट अवार्डको दिन एक जना विजेता घोषणा गरिनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्चको ११ सदस्यीय खेलाडी छनोट समितिले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मंगलबार मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिले यसपटक राष्ट्रिय खेलकुद परिषद अन्तरगत मुख्य प्रशिक्षक रहेका प्रशिक्षकलाई समेटेर मनोनयन सार्वजनिक गरेको हो ।
१७औं संस्करणको पल्स स्पोर्ट्स अवार्ड २८ पुसमा ललितपुरको सातदोवाटोस्थित कराते हलमा सेमि भर्चुअलमार्फत हुनेछ । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्ड विधाको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । पारा, स्पेशल, लाइफटाइम एचिभमेन्ट, टिम अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान कार्यक्रमकै दिन घोषणा गरिनेछ ।
यस बर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रुपमा प्रदान गर्दैछौं । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य बिधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ नेपाल, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षक
अमरकुमार थिङ (उसु)

– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कांस्य पदक जिताउन सफल
मदन उप्रेती (कराते)

– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक– १३औं सागमा नेपाललाई १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जिताउन सफल ।
नवीन श्रेष्ठ (तेक्वान्दो)

– १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।
प्रकाश थापामगर (बक्सिङ)
Prakash Thapamagar and Ramchandra Thapa magar. Photo/Hemanta Shrestha
– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल
शंकर कार्की (पौडी)

– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कांस्य पदक जिताउन सफल– आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *