बिबि वारियर्सलाई कोहलपुर ओपन क्रीकेट प्रतियोगिताको उपाधि

बाकेको कोहलपुरमा सम्पन्न सारदा एजुकेसन पार्कमा भएको कोहलपुर ओपन क्रीकेट प्रतियोगिताको उपाधी नेपालगन्जको बिबि वारियर्सले जितेको छ।शनिबार भएको फाइनल खेलमा आयोजक टिम कोहलपुर क्रीकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै बिबि वारियर्सले उपाधी जितेको हो।प्रतियोगिता बि एन्ड बि साइकल सेन्टर र एफ एन्ड एफ फेसन एन्ड फ्युजनको मुख्य प्रायोजनमा कोहलपुर पस्तावित अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सम्पन्न भएको हो।फाइनल खेलमा कोहलपुरले दिएको ९४ रनको लक्ष्य १५.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।उसको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए। कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसको लागि सन्दिप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। बिबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए।फाइनल खेलको प्लेयर अफ द म्याच बिबी वारियर्सका अमर सिंह रौटेला चुनिए । प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए, उनले १० हजार रुपैया पाए। यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए, उनले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरुको सहभागिता रहेको थियो।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *