१० नेपाली खेलाडी पिएसएल ड्राफ्टमा

पाकिस्तान सुपर लिग(पिएसएल)को ड्राफ्टमा १० नेपाली खेलाडी परेका छन।पाकिस्तान क्रीकेट बोर्ड (पिसिबी)ले शनिबार निकालेको ड्राफ्टमा १० नेपाली खेलाडी परेका हुन।जसमा प्लेनिटम क्याटेगोरीमा १ र सिल्भर क्याटेगोरीमा ९ खेलाडी परेका छन।प्लेटिनम क्याटेगोरीमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने रहेका छन।त्यस्तै सिल्भर क्याटेगोरीमा पुर्वकप्तान पारस खड्का, उप कप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् । ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी टोलीमा अनुबन्ध गर्न पाउने छन।हरेक टोलीले समान तीन-तीन प्लेटिनम, डाइमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने नियम रहेको छ। पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ अनिवार्य पाकिस्तानी खेलाडी हुनुपर्नेछ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ । प्लेइङ ११ मा एउटा टोलीले ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने नियम रहेको छ।२० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी ड्राफ्टमा छन् । जसका कारण याे बर्ष टिमलाइ खेलाडी लिनका लागि धेरै बिकल्प रहेकाे छ । ड्राफ्टमा नेपालबाट सिल्भर क्याटागाेरीमा विदेशी कोटाबाट ड्राफ्टमा परेका हुन ।Previous articleआयरल्यान्डमाथी युएईको ऐतिहासिक जित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *