आयरल्यान्डमाथी युएईको ऐतिहासिक जित

युएईले आयरल्यान्डसग एकदिवसीय क्रीकेटमा ऐतिहासिक जित निकालेको छ।शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा आयरल्यान्डलाई ६ विकेटले पराजित गरेपछि एकदिवसीय क्रीकेटमा ऐतिहासिक जित निकालेको हो। आयरल्यान्डले दिएको २७० रनको लक्ष्य युएईले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।युएईका लागि चुन्डगपायल रिजवान र मोहमम्द उस्मान दुवै जनाले शतकीय पारि खेलेका थिए।रिजवानले १३६ बलमा ९ चौका र १ छक्काको मदतमा १०९ तथा उस्मानले १०७ बलमा ७ चौका र ३ छक्काको मदतमा अविजित १०२ रन जोडे।त्यस्तै वहीद अहमदले अविजित १८,जवद फरिदले १५ र भरित्य अरबिन्दले १४ रन जोडे।बलिङमा आयरल्यान्डका कुर्तीस कम्फर र बेरी म्याककर्थीले समान २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले पौल स्टर्लिङको सतकमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २६९ रन जोडेको थियो।उसको लागि पौल स्टर्लिङले १४८ बलमा ९ चौका र ४ छक्काको मदतमा अविजित १३१ तथा कप्तान एन्ड्र बलब्रीनले ६१ बलमा ५ चौकाको मदतमा ५३ रन जोडे।त्यस्तै कुर्तीस कम्फरले २४,केभिन ओ ब्राइमले २३ र ग्रेथ डेन्लीले अविजित २१ रन जोडे।बलिङमा युएईका रोहन मुस्ताफाले २ तथा कप्तान अमिद राजा,कशिफ दौड र प्लापिपन मैयप्पनले समान १/१ विकेट लिए।Spread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *