प्रधानमन्त्री कपको खेलतालिका सार्वजनिक,आर्मी र एपिएफ एउटै समूहमा

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रीकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।नेपाल क्रीकेट संघ(क्यान)ले शुक्रवार पुरुष पिएम कपको खेलतालिका सार्वजनिक गरेको हो।प्रतियोगिता माघ २ गतेदेखी १७ गतेसम्म मुलपानी र टियु मैदानमा आयोजना हुनेछ।प्रतियोगितामा ७ प्रादेशिक टिम र ३ बिभागीय टिम गरि कुल १० टिम सहभागी हुनेछन।१० टिमलाई ए र बी गरि दुई समूहमा बिभाजन गरिएको छ।समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नम्बर १ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन् । माघ २ मा टीयू मैदानमा उद्धघाटन खेलमा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । माघ ३ मा पुलिस र प्रदेश १ ले टीयु मैदानमै प्रतिस्पर्धा हुनेछ। माघ ४ देखि १२ सम्म मुलपानी र टीयू दुवै मैदानमा खेल हुने छन् । समूह चरणको खेल सकिएपछि दुवै टिमका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन।पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप विजेतासँग माघ १४ खेल्ने छ । माघ १५ मा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्ने छ । सेमिफाइनलका दुवै खेल टियु मैदानमा हुनेछ।फाइनल माघ १७ मा टीयू मैदानमा हुने छ ।मुलपानीमा समूह चरणका कुल ९ खेल हुने छन् । टीयूमा सेमिफाइनल, फाइनल र समूह चरण गरि कुल १४ खेल हुने छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स च्यानलले गर्ने छ ।एक्सन स्पोर्टसले गौतम बुद्व कप र महिला पिएम कपको पनि प्रत्यक्ष प्रसारण गरेको थियो।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *