खेलाडी थप्ने कोम्यानको लक्ष्य

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा खेलाडी थप्ने पर्ने आवश्यकता देखेको बताएका छन् ।

‘भविष्यका लागि पनि खेलाडी नयाँ खेलाडी थप्नुपर्ने अवश्यकता छ ,’ ला लिगामा ग्रानाडाविरुद्ध शनिबार हुने खेलअघिको पत्रकार सम्मेलनमा कोम्यानले भने, ‘हामी टोलीमा सुधार चाहन्छौं । मलाई लाग्छ केहि पोजिसनलाई थप प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउन पनि त्यसको आवश्यकता छ ।’

कोभिड १९ को कारण क्लबको आर्थिक अवस्था सहज नभएकोतर्फ संकेत गर्दै उनले थपे, ‘मेरो सोचाई आफ्नो ठाँउमा छ । तर क्लबको अवस्था मैले बुझेको छु । यदि खेलाडी अहिले ल्याउन सम्भवन भएन भने हामी अर्को वर्षका लागि कुर्नेछौं ।’

लिओनल मेस्सीको २ गोलको मद्दतमा मध्यसाता एथलेटिक क्लबविरुद्ध महत्वपूर्ण जित निकालेको थियो । कोम्यानले फेरि एक पटक मेस्सीको तारिफ गर्दै उनी विजेता भएको बताएका छन् ।

‘जसरी उनी अभ्यास गर्छन् र खेल्छन् त्यसका आधारमा विजेता हुन् । म उनको खेलबाट प्रभावित छु,’ उनले भने, ‘क्रिसमस विश्रामपछि फर्केर उनले टोलीका लागि धेरै गरेका छन् । पछिल्लो दिनमा उनको महत्वपूर्ण भूमिका छ । हरेक खेलमा ३ गोल गर्न सम्भव छैन ।’

कोम्यानले ग्रानाडाविरुद्ध आफ्नो टोलीको पल्ला भारी रहेकोलाई पनि अस्वीकार गरे । ‘यो अर्को खेल हो । अघिल्लो खेल जितेका कारण अर्को जितिन्छ भन्ने हुन्न,’उनले थपे ,यो फरक प्रतिद्वन्द्वि फरक रंगशाला हो । हामी पनि उत्कृष्ट लयमा छैनौं । उनीहरुले हामीलाई कठीन पार्न सक्छन् ।’

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *