मानेको दुई गोलमा लिभरपुलको सहज जित

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको दुई गोल सहयोगमा लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकाल्दै एफए कपको चौथो राउन्डमा प्रवेश गरेको छ ।

कोरोना संक्रमणका कारण युवा खेलाडीलाई मौका दिएको एस्टन भिल्लालाई लिभरपुलले ४–१ को सहज जित हात पारेको हो । लिभरपुलको जितमा जर्जिन्हो वाइनाल्डम र मोहम्मद सलाहल पनि गोल थपे । लोइ बारीको गोल सान्त्वना बन्यो ।
भिल्लापार्कमा शुक्रबार राति भएको खेलमा लिभरपुलले खेलको चौथो मिनेटमा मानेको गोलबाट अग्रता लिएको थियो । उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा लुोई बारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा तीन गोल गर्दै लिभरपुलले सहज जित निकाल्यो । ६०औं मिनेटमा ताकुमी मिनामिनोको पासमा जर्जिन्हो वाइनाल्डमको पासमा गोल गर्दै लिभरपुलाई २–१ को अग्रता दिलाए ।
६३औं मिनेटमा साडियो मानेले जद्रान शाकिरीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । ६५औं मिनेटमा शाकिरीकै पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को सहज जित दिलाए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *