एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ ।
बुन्डेसलिगामा बायर्नको यो दोस्रो हार हो । यो हारले बायर्न शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउने मौका गुमाएको छ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ३१ अंक रहेको छ । मोन्चेनग्लाडवाक २४ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।