सन्दीप आबद्व टिम होबर्ट हुरिकेन्सको लज्जास्पद हार

बिग ब्यास लिग(बिबिएल)मा सन्दिप लामिछाने आबद्व टिम होबर्ट हुरिकेन्सले लज्जास्पद हार बेहोरेको छ।बिहिवार भएको खेलमा सन्दिप आबद्व टिम होबर्ट सिड्नी थन्डर्ससँग ३९ रनले पराजित भएको हो।थन्डर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको होबार्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२८ रनमा समेटियो।उसको लागि कप्तान पिटर ह्यान्डसकम्वले ३०,बेन म्याकडर्मोटले २२,दविड मलानले २०,डार्सी सर्टले १९ र कोलिन इनग्रामले १२ रन जोडे।बलिङमा थन्डर्सका तानभिर साङ्घा,क्रीस ग्रीन र नथम म्याकएन्ड्रले २/२ तथा अर्जुन नैर र एडम मिल्नेले १/१ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थन्डर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६७ रन जोडेको थियो।उसको लागि उस्मान ख्वाजाले ३३ बलमा ६ चौकाको मदतमा ४९,एलेक्स रोसले ३३ बलमा २ चौका र ३ छक्काको मदतमा अविजित ४४ तथा बेन कटिङले १४ बलमा ४ चौका र १ छक्काको मदतमा अविजित ३१ रन जोडे।त्यस्तै एलेक्स हेल्सले २२ र अर्जुन नैरले १५ रन जोडे।बलिङमा होबर्टका डार्सी सर्टले ३ विकेट लिए।त्यस्तै नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए।सन्दीप छैटौं ओभरमा ब्यक्तिगत पहिलो ओभर लिएर बलिङमा आएका थिए। पहिलो बल डट राखेका सन्दीपलाई दोस्रो बलमा भने उस्मान ख्वाजाले चौका प्रहार गरे । तेस्रो बल डट राख्दा चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एलेक्स हेल्सलाई एक र छैटौं बल डट राखे।सन्दिप आठौं ओभरमा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका थिए। पहिलो बलमा कप्तान कलुम फर्गुसनलाई सन्दीपले १ रन दिए । दोस्रो बलमा खवाजाले एक र तेस्रो बल डट राखे । कप्तान फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे । पाँचौ बलमा खवाजालाई दुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए ।१२ औं ओभरमा तेस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा अर्जुन नायरलाई एक रन दिए । दोस्रो बलमा एलेक्स रोसलाई दुई रन दिए । तेस्रो र चौथो बल भने सन्दीपले डट राखेका थिए । पाँचौ बलमा एक र अन्तिम बलमा दुई रन खर्चिए ।१४ औं ओभरमा अन्तिम ओभर लिएर आएका सन्दिपले पहिलो बलमा सन्दीपले नायरलाई डट र दोस्रोमा दुई रन खर्चेका थिए । तेस्रो बलमा स्टम्पिङ मौका रहेको थियो । चौथो बलमा एक र पाँचौ बल डट राखे । अन्तिम बलमा नायरले चौका प्रहार गरेका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *