पुकोव्स्की र लाबुस्काग्नेको अर्धशतकमा अष्ट्रेलियाको उत्कृष्ट सुरुवात

भारतबिरुद्वको तेस्रो टेष्टमा अष्ट्रेलियाले राम्रो सुरुवात गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ५ं५ ओभरमा २ विकेट गुमाएर १६६ रन जोडेको छ।३.३ ओभरमा ओपनर डेभिड वार्नरलाई ब्यक्तिगत ५ रनमा मोहम्मद सिराजको बलमा चेतेश्वर पुजाराबाट गुमाएको अष्ट्रेलियाका डेब्यु खेल खेलिरहेका विल पुकोव्स्की र मार्नस लाबुस्काग्नेले दोस्रो विकेटको लागि १०० रनको साझेदारी गरे।पुकोव्स्की ११० बलमा ६२ रन जोड्दा नवदीप शैनीको बलमा एलबिडब्लु आउट भए।शैनीको यो डेब्यु खेल तथा पहिलो विकेट पनि हो।त्यस्तै तेस्रो विकेटको लागि स्टेभ स्मिथ र मार्नस लाबुस्काग्नेले ५८ रनको अविजित साझेदारी गरेका छन।लाबुस्काग्ने १४९ बलमा ८ चौकासहित ६७ तथा स्मिथ ६४ बलमा ५ चौकासहित ३१ रनमा अविजित छन।४ खेलको टेष्ट शृङ्खलामा १-१ को बराबरी छ।पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले तथा दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी भएको थियो।Previous articleशीर्ष स्थानको सिड्नी सिक्सर्सको लज्जास्पद हार

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *