मुम्बईबिरुद्व दिल्ली पहिले ब्याटिङ गर्दै,आजपनी सन्दिप दिल्लीको टिम बाहिर

इन्डियन प्रीमियर लिग(आइपिएल)मा मुम्बई इन्डियन्सबिरुद्व दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ।दुबईमा सुरु खेलमा मुम्बईका कप्तान काइरन पोलार्डले टस जितेर फिल्डिङ रोजेपछी दिल्लीले पहिले ब्याटिङ गर्ने भएको हो।१२ खेलमा ८ जित र ४ हार बेहोरेको मुम्बई १६ अंकसहित शीर्ष स्थानमा छ।त्यस्तै समान खेलमा ७ जित र ५ हार बेहोरेको दिल्ली १४ अंकसहित तेस्रो स्थानमा छ।मुम्बई आजको खेल जित्दै शीर्ष २ मा रहदै प्ले अफ पुग्न चाहन्छ।त्यस्तै दिल्ली आजको खेल जित्दै १ खेल अगावै प्ले अफ पुग्न चाहन्छ।दिल्लीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।उसका पृथ्वी शा र हर्सल पटेल टिममा फर्किएका छन।त्यस्तै प्रभिन दुबेले आज डेब्यु गरेका छन।त्यस्तै मुम्बईले टिममा २ खेलाडी परिवर्तन गरेको छ।उसका जयन्त यादव र नेथन कुल्टर नाइलले मौका पाएका छन।यो खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले मौका पाएनन।उनले लगातार १३ औं खेलमा मौका नपाएका हुन।Previous articleक्रिस गेललाई जरिवाना

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *