राजस्तानबिरुद्व पन्जाव पहिले ब्याटिङ गर्दै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा राजस्तान रोयल्सबिरुद्व किङ्स ११ पन्जावले पहिले ब्याटिङ गर्ने भएको छ।अबुधावीमा सुरु खेलमा राजस्तानका कप्तान स्टेभ स्मिथले टस जितेर फिल्डिङ रोजेपछी पन्जावले पहिले ब्याटिङ गर्ने भएको हो।१२ खेलमा ६ जित र ६ हार बेहोरेको पन्जाव चौथो स्थानमा छ।त्यस्तै १२ खेलमा ५ जित र ७ हार बेहोरेको पन्जाव सातौं स्थानमा छ।पन्जावलाई प्ले अफ पुग्न राजस्तानबिरुद्वको खेल जित्नै पर्ने दबाब छ।त्यस्तै प्ले अफ पुग्ने झिनो आश रहेको राजस्तान गर या मरको अवस्थामा छ।यो खेल हारेमा राजस्तान प्रतियोगिताबाटै बाहिरिनेछ।राजस्तानले आजको खेलमा १ खेलाडी परिवर्तन गरेको छ।उसले अंकित राजपुतको ठाउँमा वरुण आरोनलाई टिममा राखेको छ।त्यस्तै पन्जावले टिममा कुनै परिवर्तन गरेको छैन।Previous articleरोनाल्डो र मेस्सीको विषयमा युभेन्टस र बार्सिलोना बीच जुहारी

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *