बेङ्लोरले दियो मुम्बईलाई १६५ रनको लक्ष्य

इन्डियन प्रीमियर लिग(आइपिएल)मा रोयल च्यालेन्जर्स बेङ्लोरले मुम्बई इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ।अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन जोडेको हो।उसको लागि देवदत्त पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्काको मदतमा सर्वाधिक ७४ रन जोडे।त्यस्तै जोस फिलिपले ३३,एबि डि भिलियर्सले १५,गुर्कीरत सिङले अविजित १४ र वासिङ्टन सुन्दरले अविजित १० रन जोडे।बलिङमा मुम्बईका जसप्रीत बुमराहले ३ तथा राहुल चहर,काइरन पोलार्ड र ट्रेन्ट बोल्टले १/१ विकेट लिए।Previous articleदक्षिण अफ्रिकाले घरेलु मैदानमा खेल्ने सिरिजको मिति सार्वजनिक

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *