अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम वेस्ट ह्याम युनाईटेडसँग ३-३ गोलको बराबरीमा रोकिएको छ ।टोटेनहमको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा उक्त अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो । वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका थिए । टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे । यता वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।खेल सुरु भएको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।८औं मिनेटमा केनले गोल गर्दै घरेलुको अग्रता दोब्बर परे । खेलको १६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो । तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२ औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को अबस्थामा ल्याए ।खेलको ८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल र ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।उक्त बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । यता वेस्ट ह्यामले ५ खेलमा ७ अंक जोडेको छ ।Spread the News8       

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *