२४ अक्टोबर पहिलो “एल क्लासिको´´

एजेन्सी । स्पेनिस बहुचर्चित फुटबल क्लबद्वय रियल मड्रिड र बार्सिलोनाबीचको खेललाई एल क्लासिको नामबाट परिचित रहेको छ । जसमा विश्वका दुई ठुला स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना बीच रोमाञ्चक भिडन्त हुन्छ । एल क्लासिको नयाँ सिजनको पहिलो खेल २४ अक्टोबरमा हुँदैछ । अर्थात आजको ठिक पाँच दिनको दिनमा हुदैछ ।सिजनको पहिलो एल क्लासिको उक्त खेल बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा २४ अक्टोबर शनिबार साँझ ७ः४५ बजे हुने भएको हो । ला लिगा अन्तर्गत हुने यस खेलमा जिनेदिन जिदान र रोनाल्ड कोइम्यानले पहिलो पटक भेट गर्दैछन् । यसै समरमा बार्सिलोनाको प्रशिक्षक बनेका कोइम्यानले जिदानसँग पहिलो भेट गर्ने भएका हुन् । गत बर्षको पहिलो एल क्लासिको खेलमा गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै दोस्रो एल क्लासिकोमा रियलले २–० गोलको जित दर्ता गरेको थियो ।उक्त खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरेका थिए । यता नयाँ सिजनको पहिलो ईएल क्लासिकोमा बार्सिलोनाका पहिलो रोजाईकम गोलरक्षक मार्क आन्द्रे टर स्टेगनले खेल्ने सम्भावना न्यून रहेको छ । यस्तै रियलका बेल्जियम फरवार्ड इडेन हाजार्डले पनि उक्त खेलमा उपस्थित हुन वा नहुने शंका रहेको छ । तथापि, हाजार्ड एल क्लासिको खेल्नेमा आफू आशावादी रहेको बताएका छन् ।Spread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *