मुम्बईले दियो पन्जावलाई १७७ रनको लक्ष्य

इन्डियन प्रीमियर लिग(आइपिएल)मा मुम्बई इन्डियन्सले किङ्स ११ पन्जावलाई १७७ रनको लक्ष्य दिएको छ।दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन जोडेको हो।उसको लागि क्विन्टन डी ककले ४३ बलमा ३ चौका र ३ छक्काको मदतमा सर्वाधिक ५३ रन बनाए।त्यस्तै काइरन पोलार्डले १२ बलमा १ चौका र ४ छक्काको मदतमा अविजित ३४,कुर्नल पान्ड्याले ३० बलमा ४ चौका र १ छक्काको मदतमा ३४ र नेथन कुल्टर-नाइलले १२ बलमा ४ चौकाको मदतमा अविजित २४ रन जोडे।बलिङमा पन्जावका मोहम्मद सामी र अर्शदीप सिङले २/२ तथा रवि विश्नै र क्रीस जोर्डनले १/१ विकेट लिए।Previous articleकलकत्तासँग हैदरावाद सुपर ओभरमा पराजित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *