ब्याडमिन्टन खेलाडी सीतालाई उपचार सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ ।

सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
यसअघि नेपाल ब्याडमिन्टन संघले उनको उपचारको सहयोगको लागि शुक्रबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । सीतालाई आइतबार डिस्चार्ज गरिएको छ । ट्रमा सेन्टरमा डाक्टर सरोज राईसहितको टोलीले गत बिहीबार उनको घुँडाको सफल शल्यक्रिया गरेको थियो ।
८ असोजमा प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) सिता सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।
यसअघि असोज तेस्रो तथा राष्ट्रिय खेलाडी कल्याणकारी कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी स्वर्गिय रविनकुमार राईको परिवारलाई १ लाख, बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरेको थियो ।
कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो । कोषले जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *