हैदरावादविरुद्ध कलकत्ताले पहिले ब्याटिङ गर्ने,दुवै टिममा २/२ खेलाडी परिवर्तन

इन्डियन प्रीमियर लिग(आइपिएल)मा सनराइजर्स हैदरावादबिरुद्व कलकत्ता नाइट राइडर्सले पहिले ब्याटिङ गर्ने भएको छ।अबु धावीमा सुरु खेलमा हैदरावादका कप्तान डेभिड वार्नरले टस जितेर बलिङ रोजेपछि कलकत्ताले पहिले ब्याटिङ गर्ने भएको हो।८ खेलमा ४ जित र ४ हार बेहोरेको कलकत्ता चौथो स्थानमा छ।८ खेलमा ३ जित र ५ हार बेहोरेको हैदरावाद पाँचौ स्थानमा छ।प्लेअफ सम्भावना जिवित राख्नको लागि दुवै टिमलाई जित आवश्यक छ।आजको खेलमा दुवै टिमले २/२ खेलाडी परिवर्तन गरेका छन।हैदरावादका बसिल थाम्पी र अब्दुल समाद अन्तिम ११ मा अटाएका छन।त्यस्तै सहवाज नदीम र खलिल अहमद अन्तिम ११ बाट बाहिरिएका छन।त्यस्तै कलकत्तामा लकी फर्गुसन र कुलदिप यादव अन्तिम ११ मा पर्दा क्रीस ग्रीन र प्रसिद्व कृष्ण अन्तिम ११ बाट बाहिरिएका छन।Previous articleआइपिएलमा आज पनि २ खेल हुँदै

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *