कोलकाताविरुद्ध हैदराबादले पहिला फिल्डिङ गर्ने

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन । कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । क्रिस ग्रिनको स्थानमा ल्योकी फर्गुसनलाई मौका दिएको छ । प्रसिद्ध कृष्णको स्थानमा कुलदिप यादवलाई मौका दिएको छ ।
हैदराबादले टोलीमा दुई परिवर्तन गरेको छ । खलिल अहमदको स्थानमा विशाल थाम्पीलाई मौका दिएको छ । शहवाज नदिमको स्थानमा अब्दुल सामदलाई मौका दिएको छ ।
कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । दुबै टोलीलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्न जित्नुपर्ने दबाब छ ।
कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कुलदिप यादव ।
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, अब्दुल सामद , केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र विशाल थाम्पि ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *