आइपिएलमा आज पनि २ खेल हुँदै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा आज पनि दुई खेल हुदैछन।आज हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र कलकत्ता नाइट राइडर्स तथा दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स ११ पन्जाव खेल्नेछन।हैदरावाद र कलकत्ता:अबुधावीमा हुने कलकत्ता र हैदरावादबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।८ खेलमा ४ जित र ४ हार बेहोरेको कलकत्ता चौथो स्थानमा छ भने ८ खेलमा ३ जित र ५ हार बेहोरेको हैदरावाद पाँचौ स्थानमा छ।प्लेअफ पुग्ने दौडमा रहेका दुवै टिम जित निकाल्दै सम्भावना बलियो बनाउन चाहन्छन।दुवै टिमको सम्भावित ११सनराइजर्स हैदरावाद:डेभिड वार्नर(कप्तान),जोनी बेरस्टो,मनिष पान्डे,केन विलियम्सन,प्रीयम गर्ग,विजय शङ्कर,सहवाज नदीम,रसिद खान,सन्दिप शर्मा,खलिल अहमद,टि नटराजनकलकत्ता नाइट राइडर्स:राहुल त्रिपाठी,शुभमान गिल,नितिष राना,इयोन मोर्गन(कप्तान),दिनेश कार्तिक,आन्द्रे रसेल,पाट कमिन्स,लकी फर्गुसन,शिभम माभी,प्रसिद्व कृष्ण,वरुण चक्रवर्तीमुम्बई र पन्जाव:आज हुने दोस्रो खेल मुम्बई इन्डियन्स र किङ्स ११ पन्जावबीचको खेल राती पौने आठ बजे दुबईमा सुरु हुनेछ।८ खेलमा ६ जित र र २ हार बेहोरेको मुम्बई दोस्रो स्थानमा छ।त्यस्तै ८ खेलमा २ जित र ६ हार बेहोरेको पन्जाव पुछारमा छ।आज मुम्बई सातौं तथा पन्जाव तेस्रो जितको खोजीमा छन।मुम्बईले आजको खेल जितेको खन्डमा पुन: शीर्ष स्थानमा उक्लनेछ।दुवै टिमको सम्भावित ११मुम्बई इन्डियन्स:क्विन्टन डि कक,रोहित शर्मा(कप्तान),सुर्यकुमार यादव,इशान किशान,हार्दिक पान्ड्या,काइरन पोलार्ड,कुर्नल पान्ड्या,जेम्स प्याटिन्सन,ट्रेन्ट बोल्ट,राहुल चहर,जसप्रीत बुमराहकिङ्स ११ पन्जाव:के एल राहुल,मयंक अग्रवाल,क्रीस गेल,निकोलस पुरन,ग्लेन म्याक्सवेल,क्रीस जोर्डन,रवि विश्नै,मोहम्मद सामी,अर्शदीप सिङ,मुरुगन आश्विन,दिपक होड्डा।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *