“मिलान डर्बीमा´´एसी मिलान विजयी

एजेन्सी । इटालियन सिरी ‘ए’अन्तर्गत ‘मिलान डर्बी’मा एसी मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानमाथि २–१ गोलको जित निकालेको हो ।इन्टरको मैदानमा भएको खेलमा मिलानका लागि दुवै गोल स्विडेनी फरवार्ड ज्लाटान इब्राहिमोभिकले गरेका थिए। इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए । खेलको १३औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै उनले दोस्रो गोल गरेपछि मिलानले आफ्नो अग्रता दोब्बर बनायो ।त्यस्तै २९औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफमै २-१ को अवस्थामा पुगेको दुबई टोलिले दोस्रो हाफमा भने गोल गर्ने सकेनन् । बाँकी समय गोल नहुँदा मिलानले २–१ गोलको जित निकाल्यो ।उक्त जितसँगै मिलानले ४ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थान रहेको छ ।यता समान खेल खेलेको इन्टर भने ७ अंकसहित छैटौं स्थानमा रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *