सिटीले आर्सनललाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराएको हो ।सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङले निर्णायक गोल गरे । खेलको २३औं मिनेटमा स्टर्लिङले गोल गर्दै आर्सनलविरुद्ध सिटीलाई १–० गोलको जित निकालेका हुन् ।उक्त जितसँगै सिटीले ४ खेलबाट ७ अंक जोडेको छ । आर्सनल भने ९ अंकका साथ पाँचौं स्थानमा छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *