रियल मड्रिड घरेलु मैदानमै क्याडिजसँग स्तब्ध

एजेन्सी । साविकको विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा क्याडिजसँग पराजित भएको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे ।खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक बन्यो । रियलले तुलनात्मक रुपमा क्याडिजविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा रियलले महत्वपूर्ण ३ अंक गुमाएको छ। तर पराजित रियल शीर्ष स्थानमा यथावत रहेको छ । क्याडिज भने तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ ।हार व्यहोरेको रियलले ५ खेलमा १० अंक जोडेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *