बेङलोर र पन्जाव खेल्दै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा आज किङ्स ११ पन्जाव र रोयल्स च्यालेन्जर्स बेङ्लोर खेल्दैछन।यी दुई टिमबीचको खेल राती पौने आठ बजे शारजाहमा सुरु हुनेछ।७ खेलमा ५ जित २ हारसहित बेङ्लोर तेस्रो स्थानमा छ।त्यस्तै ७ खेलमा एकमात्र जित निकालेको पन्जाव पुछारमा छ।बेङ्लोर छैटौं तथा पन्जाव दोस्रो जितको खोजीमा छन।यसअघि भएको खेलमा पन्जावले बेङ्लोरलाई ९७ रनले पराजित गरेको थियो।जुन पन्जावको एकमात्र जित हो।त्यस्तै बेङ्लोरले पन्जावसँगको हारपछी उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा उत्कृष्ट प्रदशन गर्दै आइरहेको छ।आज पन्जावका युनिभर्स बोसबाट परिचित क्रीस गेल फर्किने उच्च सम्भावना छ।दुवै टिमको सम्भावित ११किङ्स ११ पन्जाव:क्रीस गेल,के एल राहुल(कप्तान),मयंक अग्रवाल,निकोलस पुरन,ग्लेन म्याक्सवेल/जेम्स नीशम,मन्दिप सिङ,क्रीस जोर्डन,मोहम्मद सामी,मुरुगन आश्विन/कृष्णप्पा गौतम,रवि विश्नै,अर्शदीप सिङरोयल च्यालेन्जर्स बेङ्लोर:देवदत्त पाडिक्कल,एरन फिन्च,विराट कोहली(कप्तान),एबि डी भिलियर्स,शिभम दुबे,क्रीस मोरिस,इशुरु उडाना,वासिङ्टन सुन्दर,नवदीप शैनी,मोहम्मद सिराज,युजवेन्द्र चहल।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *