लेवान्डोसकीको २ गोलमा पोल्याण्डको सहज जित

एजेन्सी । स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्याण्डले नेसन्स लिग फुटबलमा बोस्निया हर्जगोभिनालाई ३–० गोल अन्तरले हराउँदै सहज जित दर्ता गरेको छ ।लेवान्डोस्कीले पहिलो हाफको ४० औं मिनेटमा गोल गरि पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट पछि कारोल लिनिसीले पोल्याण्डको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता बनाएको पोल्यानण्डले दोस्रो हाफमा थप एक गोल गर्ने सफल भयो ।लेवान्डोस्कीले दोस्रो हाफमा ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई ३–० को जित दिलाए । उक्त जित सँगै पोल्याण्ड ७ अंक सहित शीर्ष स्थानमा रहदाँ पराजित बोस्निया हर्जगोभिना २ अंक सहित तालिकाको पुछारमा छ ।अन्य खेलको नतिजाबुल्गेरिया विरुद्ध वेल्स (०-१)आइसल्यान्ड विरुद्ध बेल्जियम (१-२)इटाली विरुद्ध नेदरल्यान्ड (१-१)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *