डेनमार्कसँग इंग्ल्याण्ड घरेलु मैदानमै स्तब्ध

एजेन्सी । यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड डेनमार्कसँग पराजित भएको छ । बिहिवार बिहान सम्पन्न भएको समूह चरणको चौथो खेलमा इंग्ल्याण्ड डेनमार्कसँग १–० गोलले स्तब्ध भएको हो ।इंग्ल्याण्डको घरेलु मैदानमा डेनमार्कका क्रिस्टियन इरिक्सनले निर्णायक गोल गरे । पहिलो हाफको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले डेनमार्कलाई जिताए । खेलको ३१औं मिनेटमा ह्यारी मागुइरेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । यस्तै खेलको इन्ज्युरी समयमा रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।उक्त जितसँगै डेनमार्कले ४ खेलबाट ७ अंक जोडेको छ । डेनमार्क लिग ‘ए’को समूह २ मा दोस्रो स्थानमा छ । समान अंक भएको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *