पोल्यान्ड शीर्षस्थानमा, इटाली र नेदरल्यान्ड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको बोसिनया एन्ड हर्जगोभिनामाथि सहज जित तथा इटाली र नेदरल्यान्डले बराबरी खेलेपछि पोल्यान्ड युइएफए नेसन्स लिग ‘ए’ १ को शीर्षस्थानमा उक्लन सफल भएको छ ।

घरेले मैदानमा बुधबार राति भएको खेलमा पोल्यान्डले कप्तान रोबर्ट लेवान्डोस्कीको दुुई गोल मद्दतमा बोस्नियालाई ३–० ले पराजित गरेको हो । अर्काे एक गोल कारोल लिनेट्टीले गरे । ४०औं मिनेटमा लोवान्डोस्कीको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कारोलले गोल गरेपछि पोल्यान्ड खेलमा २–० ले अघि बढ्यो । ५२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्यान्डलाई ३–० को सहज जित दिलाए ।
यो जितसँगै पोल्यान्डको ४ खेलबाट ७ अंक पुगेको छ । समान खेलबाटै इटालीको ६ तथा नेदरल्यान्डको ५ अंक रहेको छ । बोस्नियाको २ अंक छ ।

यही समूहको अर्का खेलमा इटाली र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । घरेलु टोलीका लोरेन्जो पेलिग्रिनीले गोल गर्दा नेदरल्यान्ड्सका डोनी भान डि बिकले बराबरी गोल फर्काएका थिए ।
अन्य नजिता
लिग ‘ए’ १इटालीविरुद्ध नेदरल्यान्ड (१–१), पोल्यान्डविरुद्ध बोस्निया एन्ड हर्जगोभिना (३–०)
लिग ‘ए’ २इंग्ल्यान्डविरुद्ध डेनमार्क (०–१), आइसल्यान्डविरुद्ध बेल्जियम (१–२)
लिग ‘ए’ ३क्रोएसियाविरुद्ध फ्रान्स (१–२), पोर्चुगलविरुद्ध स्वीडेन (३–०)
लिग ‘बी’ १नर्वेविरुद्ध नर्दन आयरल्यान्ड (१–०), रोमानियाविरुद्ध अष्ट्रिया (०–१)
लिग ‘बी’ २स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (१–०), स्लोभाकियाविरुद्ध इजरायल (२–३)
लिग ‘बी’ ३रसियाविरुद्ध हंगेरी (०–०), टर्कीविरुद्ध सर्विया (२–२)
लिग ‘बी’ ४फिनल्यान्डविरुद्ध आयरल्यान्ड (१–०), बुल्गेरियाविरुद्ध वेल्स (०–१)
लिग ‘सी’ २इस्टोनियाविरुद्ध अर्मेनिया (१–१), नर्थ म्यासेडोनियाविरुद्ध जर्जिया (१–१)
लिग ‘सी’ ३ग्रीसविरुद्ध कोसोभो (०–०), मोल्दोभाविरुद्ध स्लोभेनिया (०–४)
लिग ‘सी’ ४लिथुआनियाविरुद्ध अल्वानिया (०–०), बेलारुसविरुद्ध काजकस्तान (२–०)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *