ईङ्ल्यान्डका ब्याट्सम्यान लियम लिभिङ्स्टोन पर्थ स्कर्चसमै रहने

इङ्ल्यान्डका ब्याट्सम्यान लियम लिभिङ्स्टोन आगामी सिजनको बिग ब्यास लिगमा पर्थ स्कर्चर्सबाटै खेल्ने भएका हुन।स्कर्चर्सले उनलाई आगामी सिजनको बिग ब्यास लिगमा आफ्नै टिममा पुन:अनुबन्ध गरेको छ। ठुलाठुला सटको लागि परिचित लिभिङ्स्टोनले गत सिजन बिबिएलमा पर्थ स्कर्चर्सबाट डेब्यु गरेका थिए।उनी उक्त सिजन पर्थको टिमको लागि सर्वाधिक रनकर्ता बनेका थिए।उनले उक्त सिजन ३०.३६ को औसत र १४२.६२ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ४२५ रन जोडेका थिए।बिपक्षीको लागि निकै नै कठिन देखापर्ने लिभिङ्स्टोनले शीर्ष क्रममा जोश इङ्लिससँग ओपनिङ गर्नेछन।गत सिजन एडिलेड स्टिकर्ससँग ५४ बलमा बनाएको ५४ बलमा ७९ रन नै उनको उत्कृष्ट पारी हो।उनले उक्त क्रममा ७ छक्का हिर्काएका थिए।पर्थले आफुलाई टिममा पुनः अनुबन्ध गरेपछि लिभिङ्स्टोनले खुसी ब्यक्त गर्दै पर्थमा फर्कन आतुर रहेको बताएका छन।Previous articleराजस्तानमाथी रोमाञ्चक जित निकाल्दै दिल्ली शीर्षस्थानमा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *