राजस्तानमाथी रोमाञ्चक जित निकाल्दै दिल्ली शीर्षस्थानमा

दिल्ली क्यापिटल्स इन्डियन प्रीमियर लिग(आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।बुधबार राती भएको खेलमा राजस्तान रोयल्समाथी १३ रनको रोमाञ्चक जित दर्ता गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४८ रनमा समेटियो।उसको लागि बेन स्टोक्सले ४२,रविन उथप्पाले ३२,सन्जु स्यामसनले २५,जस बटलरले २२ र राहुल टेवाटियाले अविजित १७ रन जोडे।बलिङमा दिल्लीका एनरिच नोर्टजे र तुसर देशपान्डेले २/२ तथा रवि आश्विन,कागिसो रबडा र अक्षर पटेलले १/१ विकेट लिए।त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन जोडेको थियो।उसको लागि शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्काको मदतमा ५७  तथा कप्तान श्रेयस अय्यरले ४३ बलमा ३ चौका र २ छक्काको मदतमा ५३ रन जोडे।त्यस्तै मार्कस स्टोइनिसले १८ र एलेक्स केरीले १४ रन जोडे।बलिङमा राजस्तानका जोफ्रा आर्चरले ३,जयदेव उनाड्कटले २ तथा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए।Previous articleकोएसियामाथि फ्रान्सको रोमाञ्चक जित

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *