स्विडेनमाथि पोर्चुगलको सहज जित

एजेन्सी । दोस्रो संस्करणको यूईएफए नेसन्स लिगमा साविकको विजेता पोर्चुगले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि ३-० को सहज जित निकालेको हो ।नेपाली समयअनुसार बिहिवार बिहान सम्पन्न खेलमा घरेलु टोलि पोर्चुगलको जितमा डियोगो जोटाले २ गोल र बर्नाल्डो सिल्भाले १ गोल गरेका थिए । यो सँगै पोर्चुगल तेस्रो जितको निकालेको छ । लिग ‘ए’को समूह ३ मा रहेको पोर्चुगल १० अंकसहित शीर्ष स्थानमा छ । उसले ४ खेलमध्ये ३ खेलमा जित तथा एक खेलमा बराबरी खेलेको छ । यता, अंकविहीन बनेको स्वीडेन सो समूहको चौथो स्थानमा छ । यसअघि ३ खेल खेलेको स्वीडेन सबै खेलमा पराजित भएको थियो ।पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा नै २-० को अग्रता बनाएको थियो ।कोरोना भाइरस संक्रमणका कारण रोनाल्डो होम आइसोलेशनमा रहेका छन् ।खेलको २१औं मिनेटमा म्यान्चेस्टर सिटीका मिडफिल्डर सिल्भाले गोल गरि पोर्चुगलका लागि सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्तिम मिनेट लिभरपुलका युवा फरवार्ड जोटाले गोल गरि पहिलो हाफमै पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए ।त्यसपछि दोस्रो हाफको ७२औं मिनेटमा पुन जोटाले गोल गरि पोर्चुगलको जित पक्का गरे । उक्त खेलमा टोलिका कप्तान भने घरमै बसेर खेल हेरिरहेका थिए ।Spread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *