रोनाल्डोविनै पोर्चुगलको सानदार जित

एजेन्सी – कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा सानदार जिथ हात पारेको छ ।

लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनमाथि ३–० को सहज जित हात पारेको हो । लिसवोआमा बुधबार राति भएको खेलमा पोर्चुगलको सहज जितमा डिएगो जोटाले दुई तथा बर्नाडो सिल्भाले एक गोल गरे ।
कोरोना संक्रमणका कारण रोनाल्डोले पोर्चुगलविरुद्धको खेल गुमाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको चौथो मिनेटमा नै घरेलु टोली अग्रता लिन सुवर्ण अवसर खेर फालेको थियो । जोओ क्यान्सिलोको त्रसमा विलियम कार्भाल्होको फ्रि हेडर पोस्टमा लागेर बाहिरियो ।

१२औं मिनेटमा डिजना कुलुसेभ्स्कीको कर्नरलाई पेपेले क्लियर गर्न नसकेको बललाई मिकाइल लस्टिगले गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा स्वीडेनले अग्रता चुकायो । २१औं मिनेटमा पोर्चुगलले अग्रता बनायो । डिएगो जोटाको पासमा अनमार्क रहेका बर्नाडो सिल्भाले सहजै फिनिस गरेका थिए ।
३५औं मिनेटमा लस्टिगको लो क्रसमा मार्कुस बर्गको प्रहार पोस्टमा लाग्दा स्वीडेन बराबरीबाट चुक्यो । ४४औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि पोर्चुगलले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले जोआ क्यान्सिलोको लामो पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।

४८औं मिनेटमा लस्टिग र क्रिस्टोफोर ओल्ससनको वान टु वान पासमा बनेको मुभलाई पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसियोले उत्कृष्ट बचाउ गरे । ६७औं मिनेटमा जोआओ फेलिक्स वान टु वानकै अवस्था चुके ।
७२औं मिनेटमा डिएगो जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहजजिततर्फ अघि बढाए । उनले विलियम कार्भाल्होको पासमा दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
८४औं मिनेटमा भिक्टर क्लाइसनको क्रसमा एलेक्सान्डर इसाकको फ्लिक हेडरलाई प्याट्रिसियोले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलले ३–० को सहज जित निकाल्यो ।

जितसँगै अपराजित रहेको पोर्चुगल लिग ‘ए’ ३ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ । पराजित स्वीडेन अंकविहीन हदै पुछारमा रहँदा क्रोएसियाको ३ अंक छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *