धवन र अय्यरको अर्धशतकमा दिल्लीले दियो राजस्तानलाई १६२ रनको लक्ष्य

इन्डियन प्रीमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटल्सले राजस्तान रोयल्सलाई १६२ रनको लक्ष्य दिएको छ।दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन जोडेको हो।उसको लागि शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्काको मदतमा ५७ तथा कप्तान श्रेयस अय्यरले ४३ बलमा ३ चौका र २ छक्काको मदतमा ५३ रन जोडे।त्यस्तै मार्कस स्टोइनिसले १८ र एलेक्स केरीले १४ रन जोडे।बलिङमा राजस्तानका जोफ्रा आर्चरले ३,जयदेव उनाड्कटले २ तथा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए।Previous articleकोरोना संक्रमण हुँदा पनि रोनाल्डोको खेल्ने चाहना – फर्नान्डो सान्टोस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *