राजस्तानबिरुद्व दिल्लीले पहिले ब्याटिङ गर्ने,सन्दिप आजपनी प्लेइङ ११ बाहिर

इन्डियन प्रीमियर लिग(आइपिएल)मा राजस्तान रोयल्सबिरुद्व दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ।दुबईमा सुरु खेलमा दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेका हुन।७ खेलमा ५ जित र २ हार बेहोरेको दिल्ली दोस्रो स्थानमा छ।त्यस्तै ७ खेलमा ३ जित र ४ हार बेहोरेको राजस्तान सातौं स्थानमा छ।दिल्ली आजको खेल जितेमा शीर्ष स्थानमा आउनेछ।त्यस्तै राजस्तानले जितेमा पाँचौ स्थानमा आउनेछ।आजको खेलमा दिल्लीले १ खेलाडी परिवर्तन गरेको छ।उसले हर्सल पटेलको ठाउँमा तुसर देशपान्डेलाई अन्तिम ११ मा उतारेको छ।त्यस्तै राजस्तानले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन।दिल्लीले आज लगातार आठौं खेलमा पनि नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई टिममा राखेको छैन।Previous articleरोनाल्डोविनाको पोर्चुगल स्विडेनसँग खेल्दैNext articleकोरोना संक्रमण हुँदा पनि रोनाल्डोको खेल्ने चाहना – फर्नान्डो सान्टोस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *