आइपिएलमा आज दिल्ली र राजस्तान खेल्दै,यस्तो छ सन्दिपको सम्भावना

इन्डियन प्रीमियर लिग(आइपिएल)मा आज राजस्तान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन।यी दुई टिमबीचको खेल राती पौने आठ बजे डुबई अन्तर्राष्ट्रिय स्टुडियममा सुरु हुनेछ।लिगमा ६ खेल खेलेको दिल्लीले ४ जित र २ हारसहित दोस्रो स्थानमा छ।त्यस्तै ६ खेल खेलेको राजस्तान ३ जित र ३ हारसहित सातौं स्थानमा छ।दिल्ली आजको खेल जित्दै दोस्रो स्थान आउन चाहन्छ भने राजस्तान आजको खेल जित्दै चौथो स्थान आउन चाहन्छ।दुवै टिमको सम्भावित ११:दिल्ली क्यापिटल्स:पृथ्वी शा,शिखर धवन,अजिङ्का राहणे,श्रेयस अय्यर(कप्तान),मार्कस स्टोइनिस,एलेक्स केरी,अक्षर पटेल,हर्सल पटेल,रवि आश्विन,कागिसो रबडा,एनरिच नोर्टजेराजस्तान रोयल्स:बेन स्टोक्स,जस बटलर,स्टेभ स्मिथ(कप्तान),सञ्जु स्यामसन,रविन उथप्पा/मनन वोहोरा,रियन पराग,राहुल टेवाटिया,जोफ्रा आर्चर,श्रेयस गोपाल,जयदेव उनाड्कट,कार्तिक त्यागीसन्दिप लामिछानेको सम्भावनादिल्ली क्यापिटल्सले ७ खेल खेल्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अझैसम्म टिममा राखेको छैन।दिल्लीले स्पिनरको रुपमा अहिले रवि आश्विन र अक्षर पटेललाई टिममा खेलाइरहेको छ।यस्तो अवस्थामा सन्दिपको सम्भावना शुन्यजस्तै छ।त्यस्तै एक खेलमा ४ बिदेशी खेलाडी खेल्न पाउने नियम रहेको हुँदा मार्कस स्टोइनिस,एलेक्स केरी र कागिसो रबडा खेल्ने लगभग निश्चितजस्तै छ।टिमले ३ स्पिनरलाई टिममा राख्दा एनरिच नोर्टजेको ठाउँमा सन्दिपलाई खेलाउन सक्छ।तर नोर्टजेले नियमित उत्कृष्ट प्रदशन गरिरहदा सन्दिपको सम्भावना न्यून भएको हो।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *