नेयमारको ह्याट्रिकमा ब्राजिलको सानदार जित

एजेन्सी । सन् २०२२ मा करारमा हुने फिफा विश्वकपको छनौटअन्तर्गत ब्राजिलले दोस्रो जित दर्ता गरेको छ । विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४–२ गोलको रोमाञ्चक जित दर्ता गरेको हो ।पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमारले ह्याट्रिक गरे भने रिचार्लिसनले एक गोल गरे । पेरुका आन्द्रे कारिल्लो र रेनाटो टापियाले एक–एक गोल गरे ।खेलमा घरेलु टोली पेरुले सुरवाती अग्रता बनाएको थियो । जारी खेलको पाँचौं मिनेटमा कारिल्लोले गोल गर्दै पेरुलाई अग्रता दिलाए ।तर खेलको २८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई १-१ को बराबरीमा अवस्थामा फर्काए । दोस्रो हाफको ५९औं मिनेटमा टापियाले गोल गरेपछि पेरुले पुनः अग्रता दिलाएका थिए । तर, ६४औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । त्यस्तै खेलको ८३औं मिनेटमा ब्राजिलले पुनः पेनाल्टीको मौका पाएको थियो, जसमा सुपरस्टार नेयमारले गोल गर्दै ब्राजिललाई २-३ को अग्रता दिलाए ।खेलको ८६औं र ८९औं मिनेटमा पेरुका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान छोडेपछि पेरु ९ खेलाडीमा समेटिएको थियो ।त्यसको फाइदा उठाउँदै नेयमारले खेलको इन्ज्युरी समयमा गोल गरि खेलमा ब्राजिललाई ४–२ गोलको जित दिलाए ।जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित पेरुको भने दुई अंक छ रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *