चेन्नईले दियो हैदरावादलाई १६८ रनको मध्यम लक्ष्य

इन्डियन प्रीमियर लिग(आइपिएल)मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादलाई १६८ रनको लक्ष्य दिएको छ।दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६७ रन जोडेको हो।उसको लागि सेन वाट्सनले ३८ बलमा १ चौका र ३ छक्काको मदतमा ४२ तथा अम्बाती रायडुले ३४ बलमा ३ चौका र २ छक्काको मदतमा ४१ रन जोडे।त्यस्तै सम करनले २१ बलमा ३ चौका र २ छक्काको मदतमा ३१,रविन्द्र जडेजाले १० बलमा ३ चौका र १ छक्काको मदतमा अविजित २५ र कप्तान महेन्द्र सिंह धोनीले १३ बलमा २ चौका र १ छक्काको मदतमा २१ रन जोडे।बलिङमा हैदरावादका टि नटराजन,सन्दिप शर्मा र खलिल अहमदले २/२ विकेट लिए।Previous articleचेन्नई टस जितेर ब्याटिङ गर्दै

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *