खेलकुद गतिविधि सुचारु गर्न भन्दै किरणको सरकारलाई खुल्लापत्र

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषदलाई खुल्लापत्र लेखेका छन।उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै राखेपलाई खुल्लापत्र लेखेका हुन।उनले आफ्नो तर्फबाट र एन्फाको तर्फबाट फुटबल क्षेत्र सुचारु गर्न आग्रह गरेका छन।त्यस्तै उनले सरकारलाई एकान दुकान के गर्दै हुनुहुन्छ र खेलाडीलाई मर्ममै मार्ने हो भने सम्बन्धित पदमा रहेको अर्थ नै नरहेको बताएका छन।उनले खेलाडी काठमाडौको धुलोमा र तपाईहरु चिल्लो गाडीमा भन्दै व्यंग्य समेत गरेका छन।उनले देशको नाम खेल र खेलाडीले राखेको भन्ने कुरा राखेप र सरकारले बिर्सिएको बताएका छन।यति लामो समय खेलकुद क्षेत्र नहुदा सुचारु गर्न सरकारले चासो नदिएको अवस्थामा खेलकुदमा भविष्य खोजिरहेका भाइबहिनीहरुमा परेको असर खुलस्त रुपमा देखिएको बताएका छन।अरु देशमा फुटबल सुरु हुँदा आफ्नो देशमा त्यससम्बन्धी बोलिदिने कोही पनि मानिस नभएको गुनासो गरेका छन।उनले म्युजिक भिडियो गर्नका लागि रंगशाला सुचारु हुने तर खेलाडीको प्रशिक्षणको लागि रंगशालामा प्रबेश हुन नदिने भन्दै प्रश्नसमेत गरेका छन।उनले छिटोभन्दा छिटो रंगशाला सुचारु गरिदिन सरकारसँग आग्रह गरेका छन।उनले आखिरमा कहिलेसम्म फेसबुकमा हेरेर बस्ने भन्दै फुटबल बिकास गरिदिन सरकारसँग आग्रह गरेका छन।खेलाडीले फुटबल खेल्न बिर्सिसकेको भन्दै उनले फुटबल राजनीती जस्तो नभएको बताएका छन।फुटबल हात र खुट्टाले दिमाग लगाएर खेलिने खेल हो र चिल्लो गाडीमा बसेर गफ हान्नजस्तो सजिलो नभएको भन्दै सरकारलाई व्यंग्य समेत गरेका छन।खेलाडी ७ महिनादेखी बेरोजगार भएको भन्दै उनले त्यसको क्षतिपूर्ति कसले दिन्छ भन्दै सरकारसँग उनले प्रश्न राखेका छन।जुन खेलाडी खेलेर पैसा कमाउथ्यो त्यो खेलाडी अहिले बिदेश पलायन हुनु लाजमर्दो रहेको बताएका छन।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *